सरकारले ५ अर्ब आन्तरिक ऋण उठाउने, २४ अर्ब ६६ करोड नवीकरण गर्ने

सरकारले ५ अर्ब आन्तरिक ऋण उठाउने, २४ अर्ब ६६ करोड नवीकरण गर्ने : Icon Khabar

काठमाडौं, असार १८ । सरकारले ५ अर्ब रुपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको छ भने २४ अर्ब ६६ करोड नवीकरण गर्न लागेको छ ।

राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल मार्फत् उक्त ऋण उठाउन र नवीकरण गर्न लागेको हो । १८२ दिनको को लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । त्यस्तै, राष्ट्र बैंकले २८ दिन, ९१ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Published Date: 03 July 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु