मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आज सार्वजनिक बिदा

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आज सार्वजनिक बिदा : Icon Khabar

काठमाडौं, असार १८ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

राजा जिग्मी सिंही पलवार विष्टका जेठा छोरा राजकुमार झिग्मी धोन्डुप फुञ्चोक पलवार विष्टको आज हुन लागेको विवाह समारोहलाई मध्यनजर गर्दै यो निर्णय भएको हो । यस पर्वको उपलक्ष्यमा गाउँपालिकाले मातहतका सबै कार्यालय र शैक्षिक संस्थालाई बिदा दिएको छ ।

लोमान्थाङ गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको हो । राजकुमार झिग्मी धोन्डुप फुञ्चोक पलवार विष्टको विवाह समारोहमा लोमान्थाङ गाउँपालिका क्षेत्रमा विभिन्न कार्यक्रम हुने विज्ञप्तिमा उल्लेख छ । तसर्थ गाउँपालिका कार्यालय लगायत सम्बद्ध कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

Published Date: 03 July 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु