मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आज सार्वजनिक बिदा

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आज सार्वजनिक बिदा : Icon Khabar

काठमाडौं, असार १८ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

राजा जिग्मी सिंही पलवार विष्टका जेठा छोरा राजकुमार झिग्मी धोन्डुप फुञ्चोक पलवार विष्टको आज हुन लागेको विवाह समारोहलाई मध्यनजर गर्दै यो निर्णय भएको हो । यस पर्वको उपलक्ष्यमा गाउँपालिकाले मातहतका सबै कार्यालय र शैक्षिक संस्थालाई बिदा दिएको छ ।

लोमान्थाङ गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको हो । राजकुमार झिग्मी धोन्डुप फुञ्चोक पलवार विष्टको विवाह समारोहमा लोमान्थाङ गाउँपालिका क्षेत्रमा विभिन्न कार्यक्रम हुने विज्ञप्तिमा उल्लेख छ । तसर्थ गाउँपालिका कार्यालय लगायत सम्बद्ध कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

Published Date: 03 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक