भैरहवामा निर्माण गरिएको पाँच चारे होटल ‘सिद्धार्थ विलासा’ आजदेखि सञ्चालनमा

भैरहवामा निर्माण गरिएको पाँच चारे होटल ‘सिद्धार्थ विलासा’ आजदेखि सञ्चालनमा : Icon Khabar

भैरहवा, असार १४ । भैरहवामा निर्माण गरिएको पाँच चारे होटल ‘सिद्धार्थ विलासा’ बिहिबारदेखि सञ्चालनमा आएको छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आजदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल सञ्चालनमा आएको जनाएको छ । समुहको लक्जरीयस ब्राण्ड अन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा सञ्चालनमा आएको हो ।

पत्रकार सम्मेलनमा होटलका अध्यक्ष चिन्तामणि न्यौपानेले आन्तरिक पर्यटक केन्द्रित सिद्धार्थ विलासा सञ्चालनमा ल्याएको बताएका छन् । न्यौपानेका अनुसार सिद्धार्थले अहिलेसम्म कटेज रेष्टुराँ, तीन तारे तथा चार तारे स्तरका होटल सञ्चालन गर्दै आएकोमा आजदेखि पाँच तारे लक्जरी होटल सञ्चालनमा ल्याएको बताए ।

साढे दुई अर्ब रुपैयाँ लगानी गरेर ४ बिघा क्षेत्रफलमा निर्माण भएको यो होटलमा ८५ वटा कोठा छन् ।

होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले क्यासिनोसहित सेवा प्रारम्भ भएसँगै होटलले आउँदो असोजमा ग्राण्ड ओपनिङ गर्ने बताएका छन् ।

Published Date: 29 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग