भैरहवामा निर्माण गरिएको पाँच चारे होटल ‘सिद्धार्थ विलासा’ आजदेखि सञ्चालनमा

भैरहवामा निर्माण गरिएको पाँच चारे होटल ‘सिद्धार्थ विलासा’ आजदेखि सञ्चालनमा : Icon Khabar

भैरहवा, असार १४ । भैरहवामा निर्माण गरिएको पाँच चारे होटल ‘सिद्धार्थ विलासा’ बिहिबारदेखि सञ्चालनमा आएको छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आजदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल सञ्चालनमा आएको जनाएको छ । समुहको लक्जरीयस ब्राण्ड अन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा सञ्चालनमा आएको हो ।

पत्रकार सम्मेलनमा होटलका अध्यक्ष चिन्तामणि न्यौपानेले आन्तरिक पर्यटक केन्द्रित सिद्धार्थ विलासा सञ्चालनमा ल्याएको बताएका छन् । न्यौपानेका अनुसार सिद्धार्थले अहिलेसम्म कटेज रेष्टुराँ, तीन तारे तथा चार तारे स्तरका होटल सञ्चालन गर्दै आएकोमा आजदेखि पाँच तारे लक्जरी होटल सञ्चालनमा ल्याएको बताए ।

साढे दुई अर्ब रुपैयाँ लगानी गरेर ४ बिघा क्षेत्रफलमा निर्माण भएको यो होटलमा ८५ वटा कोठा छन् ।

होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले क्यासिनोसहित सेवा प्रारम्भ भएसँगै होटलले आउँदो असोजमा ग्राण्ड ओपनिङ गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने