औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गर्न सरकारको आग्रह

औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गर्न सरकारको आग्रह : Icon Khabar

काठमाडौं, असार १४ । सरकारले अस्पताल र फार्मेसीहरूलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको छ ।

औषधि व्यवस्था विभागले एक सूचना निकाल्दै अस्पताल फार्मेसीलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तरमा शङ्का लागेका औषधिहरू परीक्षण गराई गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको हो ।

विभिन्न अस्पतालहरूमा सञ्चालित अस्पताल फार्मेसीहरूबाट बिक्री वितरण हुने गरेका औषधिको गुणस्तरीयताको सम्बन्धमा औषधि व्यवस्था विभागमा जनगुनासो प्राप्त हुन आएकाले विभागले यस्तो आग्रह गरेको हो ।

औषधि ऐन २०३५ को दफा १२ अनुरूप औषधिहरू जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति