औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गर्न सरकारको आग्रह

औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गर्न सरकारको आग्रह : Icon Khabar

काठमाडौं, असार १४ । सरकारले अस्पताल र फार्मेसीहरूलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको छ ।

औषधि व्यवस्था विभागले एक सूचना निकाल्दै अस्पताल फार्मेसीलाई औषधिको खरिद तथा बिक्री वितरण गर्दा गुणस्तरमा शङ्का लागेका औषधिहरू परीक्षण गराई गुणस्तर यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको हो ।

विभिन्न अस्पतालहरूमा सञ्चालित अस्पताल फार्मेसीहरूबाट बिक्री वितरण हुने गरेका औषधिको गुणस्तरीयताको सम्बन्धमा औषधि व्यवस्था विभागमा जनगुनासो प्राप्त हुन आएकाले विभागले यस्तो आग्रह गरेको हो ।

औषधि ऐन २०३५ को दफा १२ अनुरूप औषधिहरू जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेको छ ।

Published Date: 29 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी