प्राइम ग्लोबल स्कुलकी सुस्मितालाई स्वर्ण

प्राइम ग्लोबल स्कुलकी सुस्मितालाई स्वर्ण : Icon Khabar

काठमाडौं, असार १४ । प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरिन् । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी प्राज्ना महर्जन तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का सुजन गडालले एपीएफ क्लबका राजीव चिकवन्जरलाई ११–६, ११–८, ११–९, ९–११ र ११–७ तथा बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतले गोड स्पिन टेबलटेनिस एकेडेमीका समिप श्रेष्ठलाई ११–९, ११–९, ११–७ र ११–७ को सेटमा हराउदै फाइनल भेट पक्का गरे ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र समाजसेवी सुमन खड्गीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । सो अवरसमा आयोजक संघका अध्यक्ष एवं ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, ओलम्पिक कमिटीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । क्यान्सर पीडित टेबलटेनिस खेलाडी सेलिशा खड्गीको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न आयोजित प्रतियोगितामा १ सय ७५ खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाएको प्रतियोगिता संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Published Date: 29 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु