अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या

अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या : Icon Khabar

नैरोबी, असार ७ । संयुक्त राष्ट्रसंघ र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) लगायत दातृ निकायले खाद्यान्न आपूर्ति बन्द गरेपछि अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या देखिएको छ  ।

दातृ निकायले दिएको खाद्यान्नमा अनियमितता भएपछि तत्कालका लागि सहयोग रोकिएको राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको हो । यूएसएआईडीले पनि केही दिनअघि मात्र इथियोपियालाई खाद्यान्न सहयोग रोकेको थियो । खाद्यान्न चोरीमा इथोपियन सरकारका अधिकारी वा विद्रोही पक्ष संलग्न थिए भन्ने स्पष्ट नभएसम्म सहयोग रोक्ने उनीहरूले बताएका हुन् ।

‘लक्षित वर्गलाई दिइएको खाद्यान्न अन्यत्र दिने कार्य स्वीकार्य छैन । यद्यपि, यस मामिलामा जाँच र जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने इथोपियन सरकारको प्रतिबद्धतालाई स्वागत गर्छौं,’ डब्लूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याकेनले भने ।

१२ करोड जनसंख्या भएको इथियोपियामा करिब २ करोड नागरिक सुक्खा र द्वन्द्वका कारण भोकमरीको चपेटामा छन् । उनीहरूलाई धेरैजसो सहायता यूएसएआईडी र डब्लूएफपीबाट हुँदै आएको छ । यी निकायले सहयोग बन्द गरेपछि अफ्रिकाकै दोस्रो धेरै जनसंख्या भएको उक्त देशमा फेरि कुपोषण बढ्ने अनुमान गरिएको छ ।

यूएसएआईडी, डब्लूएफपी र इथोपियन सरकार कसैले पनि खाद्यान्नमा भएको अनियमितताको जिम्मेवार को हो भन्ने स्पष्ट पारेका छैनन् । चालु वर्षको सुरुवातमै यूएसएआईडीकी अधिकारी सामन्था पवारले अमेरिकी विदेशी सम्बन्ध समितिमा इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा मिलेमतोमा खाद्यान्नमा अनियमितता भएको जनाएकी थिइन् ।

Published Date: 22 June 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु