अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या

अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या : Icon Khabar

नैरोबी, असार ७ । संयुक्त राष्ट्रसंघ र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) लगायत दातृ निकायले खाद्यान्न आपूर्ति बन्द गरेपछि अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या देखिएको छ  ।

दातृ निकायले दिएको खाद्यान्नमा अनियमितता भएपछि तत्कालका लागि सहयोग रोकिएको राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको हो । यूएसएआईडीले पनि केही दिनअघि मात्र इथियोपियालाई खाद्यान्न सहयोग रोकेको थियो । खाद्यान्न चोरीमा इथोपियन सरकारका अधिकारी वा विद्रोही पक्ष संलग्न थिए भन्ने स्पष्ट नभएसम्म सहयोग रोक्ने उनीहरूले बताएका हुन् ।

‘लक्षित वर्गलाई दिइएको खाद्यान्न अन्यत्र दिने कार्य स्वीकार्य छैन । यद्यपि, यस मामिलामा जाँच र जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने इथोपियन सरकारको प्रतिबद्धतालाई स्वागत गर्छौं,’ डब्लूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याकेनले भने ।

१२ करोड जनसंख्या भएको इथियोपियामा करिब २ करोड नागरिक सुक्खा र द्वन्द्वका कारण भोकमरीको चपेटामा छन् । उनीहरूलाई धेरैजसो सहायता यूएसएआईडी र डब्लूएफपीबाट हुँदै आएको छ । यी निकायले सहयोग बन्द गरेपछि अफ्रिकाकै दोस्रो धेरै जनसंख्या भएको उक्त देशमा फेरि कुपोषण बढ्ने अनुमान गरिएको छ ।

यूएसएआईडी, डब्लूएफपी र इथोपियन सरकार कसैले पनि खाद्यान्नमा भएको अनियमितताको जिम्मेवार को हो भन्ने स्पष्ट पारेका छैनन् । चालु वर्षको सुरुवातमै यूएसएआईडीकी अधिकारी सामन्था पवारले अमेरिकी विदेशी सम्बन्ध समितिमा इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा मिलेमतोमा खाद्यान्नमा अनियमितता भएको जनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने