विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर विरुद्व एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर

विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर विरुद्व एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर : Icon Khabar

काठमाडौं, असार ७ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्व एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बिहीबार विज्ञिप्त जारी गर्दै यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिएका हुन्।

२०४८ फागुन ९ देखि अवकाश पाएको मिति २०७९ जेठ ९ गतेसम्म सार्वजनिक सेवामा रहँदा आयभन्दा बढी एक करोड ४३ लाख ५२ हजार ५५० रुपैयाँ बराबरको रकमको स्रोत नखुलेको भन्दै अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोगको विज्ञप्तिमा पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, प्राधिकरणबाट लिएको कर्जा आय, बैंकबाट लिएको कर्जा आय, सहकारीबाट लिएको कर्जा आय, शेयरबाट प्राप्त नगद लाभांश निजको समग्र आय एक करोड ७१ लाख ४६ हजार ४४ रुपियाँ देखिएको जनाइएको छ।यसैगरी बैंक मौज्दातमासमेत गरी तीन करोड १३ लाख ९८ हजार ५९४ रुपियाँ देखिएको विज्ञप्तिमा उल्लेख छ।

निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफतको माग दाबीसहित बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने