विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर विरुद्व एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर

विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर विरुद्व एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर : Icon Khabar

काठमाडौं, असार ७ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्व एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बिहीबार विज्ञिप्त जारी गर्दै यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिएका हुन्।

२०४८ फागुन ९ देखि अवकाश पाएको मिति २०७९ जेठ ९ गतेसम्म सार्वजनिक सेवामा रहँदा आयभन्दा बढी एक करोड ४३ लाख ५२ हजार ५५० रुपैयाँ बराबरको रकमको स्रोत नखुलेको भन्दै अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोगको विज्ञप्तिमा पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, प्राधिकरणबाट लिएको कर्जा आय, बैंकबाट लिएको कर्जा आय, सहकारीबाट लिएको कर्जा आय, शेयरबाट प्राप्त नगद लाभांश निजको समग्र आय एक करोड ७१ लाख ४६ हजार ४४ रुपियाँ देखिएको जनाइएको छ।यसैगरी बैंक मौज्दातमासमेत गरी तीन करोड १३ लाख ९८ हजार ५९४ रुपियाँ देखिएको विज्ञप्तिमा उल्लेख छ।

निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफतको माग दाबीसहित बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

Published Date: 22 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग