आसिफ आउट, नेपाल दबाबमा

आसिफ आउट, नेपाल दबाबमा : Icon Khabar

काठमाडौं, असार ७ । नेपालका विकेटकिपर आसिफ शेख आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध आउट भएका छन् । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै ४८ रन बनाएको छ । नेपालका आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भएका छन् ।

तीव्र गतिका बलर किमो पलको १२ औं ओभरको अन्तिम बलमा आसिफ टस एज लागेर स्लिपमा कायल मेयर्सबाट क्याच आउट भएका हुन् । क्रिजमा रोहित पौडेल ११ रनमा छन् । उनलाई आरिफ शेखले साथ दिनेछन् ।

तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट भए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट गराए । कप्तान रोहित पौडेललाई ब्यक्तिगत ६ रनमा स्लिपमा कायल मेयर्सले क्याच छाड्दै जीवनदान दिएका थिए ।

त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनमा आउट भए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए ।

एक समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो । तर चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने