वातावरण साहित्य गोष्ठी सम्पन्न, ‘भ्यागुताको बिहे’लाई प्रथम पुरस्कार

वातावरण साहित्य गोष्ठी सम्पन्न, ‘भ्यागुताको बिहे’लाई प्रथम पुरस्कार : Icon Khabar

काठमाडौँ, जेठ २८ । प्रज्ञा भवनमा शनिबार आठौं वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पर्या साहित्यिक कार्यपत्र प्रस्तुति, ४ वटा कृतिको विमोचन, पुरस्कार वितरण र कविता वाचनलगायत भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट (अंग्रेजी संस्करण)को विमोचन गरिएको छ भने उपस्थित साहित्यकारहरुले पुस्तकमाथि समीक्षासमेत गरेका थिए ।

विश्व वातावरण दिवसको अवसरमा सरगम प्रकाशन प्रालि तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानले जानकारी दिए ।

सन् २०१६ देखि यूकेमा रहेका नेपाली साहित्य संगठनको सहकार्यमा वार्षिक रूपमा आयोजना हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष आठौं पटक आयोजना गरिएको हो ।

गोष्ठीमा भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति थियो ।

साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कृत हुनेमा डा. विप्लव ढकालको ‘भ्यागुताको बिहे’ प्रथम, वासुदेव अधिकारीकोल ‘हिउँमारा तापमान’दोस्रो र कृष्ण बाउसेको ‘डाइनोसरको भजन’तेस्रो भएका छन् ।

कार्यक्रमले नेपाली पर्या साहित्य प्रतिष्ठाको समेत घोषण गरिएको छ । प्रतिष्ठालाई डाक्टर गोबिन्द प्रसाद भट्टराईले एक लाख सहयोग गरेका छन्।

Published Date: 11 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु