आफ्नै बुहारीको हत्या गरेको अभियोगमा सासु र ससुरा पक्राउ

आफ्नै बुहारीको हत्या गरेको अभियोगमा सासु र ससुरा पक्राउ : Icon Khabar

कैलाली, जेठ २८ । आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कबिता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

कबिता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै बिवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कबितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका-३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published Date: 11 June 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली