आइतबार नेप्सेको कीर्तिमानी, नेप्से परिसूचक ४०.४८ अंकले बढ्यो

आइतबार नेप्सेको कीर्तिमानी, नेप्से परिसूचक ४०.४८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २८ । आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज २७५ स्टकको ६१ हजार ४५० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आजको कारोबार रकम पछिल्लो साढे ४ महिना यताकै उच्च हो। यस अघि गत वर्षको माघ ११ गते नेप्सेमा ३ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ।

कारोबारमा आएको उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 11 June 2023


ताजा
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बुधबारको राशिफल
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली