अत्याधिक गर्मी बढेपछि झापाको दमकस्थित विद्यालयहरूमा सार्वजनिक बिदा

अत्याधिक गर्मी बढेपछि झापाको दमकस्थित विद्यालयहरूमा सार्वजनिक बिदा : Icon Khabar

दमक, जेठ १८ । केहि दिन देखि अत्याधिक गर्मी बढेपछि झापाको दमकस्थित सामुदायिक तथा निजी विद्यालयहरूमा २ दिन सार्वजनिक बिदा दिइएको छ । दमक नगरपालिकाले विद्यालयहरूलाई परिपत्र गर्दै बिहीबार र शुक्रवार सार्वजनिक बिदा दिन निर्देशन गरेको हो ।

शैक्षिक सत्र २०८० को बर्से बिदाबाट काटिने गरी बिदा दिइएको दमक नगरपालिका शिक्षा अधिकृत प्रवीण खड्काले बताए । गर्मीका कारण विद्यार्थीहरुलाई समस्या आउन सक्ने भएकाले बिदा दिइएको हो, खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts