किन आकाशिंदै छ सुनको मूल्य ? प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम

किन आकाशिंदै छ सुनको मूल्य ? प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, जेठ १८ । सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत यसअघि प्रति १० ग्रामको लागि ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा बढाएर १२ हजार ७५० रुपैयाँ पुर्याइएको थियो ।

यसले गर्दा सुनको भाउले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरेको हो ।यसैगरी, अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको हो ।

Published Date: 01 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु