श्रीलंकाको मुद्रास्फीति दर ३५.३ प्रतिशतबाट मे महिनामा २५.२ प्रतिशतमा झर्यो

श्रीलंकाको मुद्रास्फीति दर ३५.३ प्रतिशतबाट मे महिनामा २५.२ प्रतिशतमा झर्यो : Icon Khabar

कोलम्बो, जेठ १८ । श्रीलंकाको प्रमुख मुद्रास्फीति दर ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले जनाएको छ ।

कोलम्बो उपभोक्ता मूल्य सूचकांक (सीसीपीआई) ले श्रीलंकाको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले घटेर मे महिनामा २५.२ प्रतिशत कायम भएको संकेत गरेको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले जनाएको छ ।

मुद्रास्फीतिमा आएको यो कमीले विदेशी विनिमय संकटबाट नराम्ररी प्रभावित संकटग्रस्त अर्थतन्त्रलाई केही राहत प्रदान गर्ने देखिएको छ । श्रीलंकाले सात दशकमा सामना गरेको सबैभन्दा खराब वित्तीय संकटका कारण देशमा आर्थिक तथा राजनीतिक देखिएको थियो ।

खाद्य मुद्रास्फीति अप्रिलमा ३०.६ प्रतिशत रहेकोमा मे मा २१.५ प्रतिशत कायम भएको छ । श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीतिको अनुमानित घट्दो प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अप्रिलमा प्रक्षेपण गरिएको थियो । सन् २०२३ को अन्त्यसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अंकको स्तरमा ल्याउनेछ ।

Published Date: 01 June 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै