एनआरएनद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुशी व्यक्त

एनआरएनद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुशी व्यक्त : Icon Khabar

काठमाडौं, जेठ १८ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले नागरिकता ऐन, २०६३ सम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा खुशी व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणले नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको सामाजिक–आर्थिक र सांस्कृतिक अधिकारसँगै ‘एनआरएन नागरिकता’ सुनिश्चित भएको बताए ।

विश्वभर बसोबास गर्ने नेपालीलाई मध्यनजर गर्दै एनआरएनएले सन् २००३ देखि नै यस विषयमा वकालत गर्दै आएको उनले बताए । राष्ट्रपतिको कदमले यसलाई राम्रोसँग सम्बोधन गरेको छ, केसीले थपे।

“राष्ट्रपति पौडेलको यो कदमले ‘एकपटक नेपाली : सदाका लागि नेपाली’ भन्ने नारालाई सार्थक बनाउने विश्वास लिएको छ,’ अध्यक्ष केसीले यसले विश्वका धेरै देशमा रहेका सबै नेपालीलाई नेपालसँग जोड्ने र आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे ।

साथै, एनआरएनए अध्यक्षले हालैको यो कदमले नेपालमा एनआरएनको सम्पत्तिको संरक्षण गर्ने र लगानीलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने बताए ।

यसका लागि एनआरएनएले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राजनीतिक दल र कानुनविद्लाई धन्यवाद दिएको छ ।

राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक प्रमाणीकरण गरेका हुन्।

Published Date: 01 June 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै