एनआरएनद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुशी व्यक्त

एनआरएनद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुशी व्यक्त : Icon Khabar

काठमाडौं, जेठ १८ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले नागरिकता ऐन, २०६३ सम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा खुशी व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणले नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको सामाजिक–आर्थिक र सांस्कृतिक अधिकारसँगै ‘एनआरएन नागरिकता’ सुनिश्चित भएको बताए ।

विश्वभर बसोबास गर्ने नेपालीलाई मध्यनजर गर्दै एनआरएनएले सन् २००३ देखि नै यस विषयमा वकालत गर्दै आएको उनले बताए । राष्ट्रपतिको कदमले यसलाई राम्रोसँग सम्बोधन गरेको छ, केसीले थपे।

“राष्ट्रपति पौडेलको यो कदमले ‘एकपटक नेपाली : सदाका लागि नेपाली’ भन्ने नारालाई सार्थक बनाउने विश्वास लिएको छ,’ अध्यक्ष केसीले यसले विश्वका धेरै देशमा रहेका सबै नेपालीलाई नेपालसँग जोड्ने र आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे ।

साथै, एनआरएनए अध्यक्षले हालैको यो कदमले नेपालमा एनआरएनको सम्पत्तिको संरक्षण गर्ने र लगानीलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने बताए ।

यसका लागि एनआरएनएले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राजनीतिक दल र कानुनविद्लाई धन्यवाद दिएको छ ।

राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक प्रमाणीकरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने