आज २३ औँ विश्व दुग्ध दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २३ औँ विश्व दुग्ध दिवस,  देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै : Icon Khabar

काठमाडौं, जेठ १८ । आज २३ औँ विश्व दुग्ध दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल, नेपाल दुग्ध संघ, दुग्ध उद्योग लगायतका संघसंस्थाले संयुक्त रुपमा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सन् २००१ मा विश्वभर दूधको उपभोग र फाइदालाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्व दूध दिवसको स्थापना गरेको थियो। हरेक वर्ष जुन १ मा यो दिवस मनाइन्छ। विश्व दुग्ध दिवस, २०२३ को नारा ‘दुग्धको आनन्द लिनुहोस्’ रहेको छ।

Published Date: 01 June 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै