पर्यटन बोर्ड र युएसएआईडीसँगको सहकार्यमा सोसलमिडिया मार्केटिङ तथा स्टोरी टेलिङ सम्बन्धि कार्यशाला सम्पन्न

पर्यटन बोर्ड र युएसएआईडीसँगको सहकार्यमा सोसलमिडिया मार्केटिङ तथा स्टोरी टेलिङ सम्बन्धि कार्यशाला सम्पन्न : Icon Khabar

काठमाडौँ, जेठ १२ । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्वनका लागि युएसएआईडीसँगको साझेदारीमा सोसल मिडिया मार्केटिङ तथा स्टोरी टेलिङ सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न गरेको छ ।

नेपाल पर्यटन बोर्ड र युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसले स्टेलरसँग साझेदारीमा आज पर्यटन बोर्डमा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्टेलरले निजी क्षेत्रहरूमा सामाजिक मिडिया मार्केटिङ र स्टोरीटेलिङमा क्षमता अभिवृद्धि कार्यशाला आयोजना गर्ने गर्दछ । जसले मिडिया आउटरीच र डिजिटल स्टोरीटेलिङ प्लेटफर्महरू प्रयोग गर्ने क्षमता अभिवृद्धि गर्न र पर्यटकहरूलाई आकर्षित गर्न मार्केटिङ पहलहरूलाई समर्थन गर्न सघाउ पुर्याउदछ ।

कार्यक्रममा विदेशबाट आएका सोसलमिडिया एन्फुलुएन्सरहरुले सोसल मिडिया मार्केटिङ तथा स्टोरी टेलिङका बारेमा शैद्धान्तिक तथा व्यवहारिक कक्षा दिएका थिए । सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पछिल्लो समय शोसल मिडियाको प्रयोग बढिरहेको सन्दर्भमा यसको प्रयोगबाट पर्यटन क्षेत्रको प्रर्वद्धनमा सघाउ पुग्ने बताए । उनले युएसएआईडीसँगको साझेदारीको लागि आभार व्यक्त गर्दै यस प्रकारका अन्य कार्यक्रममा पनि सहकार्य हुने बताए।

पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाबाट सहधभागीता रहेको सो कार्यक्रममा स्टेलटरका पार्टनरसीप डाइरेक्टर भाजुल सजाकास, तथा सोस मिडिया एन्फुलुएन्सर केनान मुर्फी, लिन्डसे स्टेभन, एरिक मार्ट, अलिसन वोल्फले आफ्नो शोसल मिडिया अनुभव सहित यसका विभिन्न आयामबारे प्रबकाश पारेका थिए।

Published Date: 26 May 2023








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा