उज्वेकस्तानलाई हराउँदै भारत फाइनलमा

उज्वेकस्तानलाई हराउँदै भारत फाइनलमा : Icon Khabar

काठमाडौँ, जेठ १२ । उपाधिको दाबेदार भारतले काभा महिला भलिबल च्यालेन्ज कपको पहिलो सेमिफाइनल खेलमा उज्वेकस्तानलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३-० को साथ फाइनलमा भेट पक्का गरेको हो । भारतले २५-१७, २५-२० र २५-१५ को सोझो सेटमा जित हात पारेको हो ।

उज्वेकस्तान एक समय दोस्रो सेटमा १०-४ को सानदार सुरुवात गरेको थियो । तर भारतीय कप्तान निर्मललाई बाहिर राखेपछि भारतले खेलमा सानदार पूनरागमन गरेको थियो । यस प्रतियोगितामा सानदार प्रदर्शन गरेकी निर्मल त्यसपछि कोर्ट प्रवेश गरिनन् ।

भारतले सानदार पूनरागमन गर्नेक्रममा १५–१५ को अवस्थामा बराबरी गरेको थियो । त्यसपछि एक समय १८-१८ को बराबरीमा रहँदै उज्वेकस्तानले जितको सम्भावना देखाएको थियो । उक्त बराबरी अवस्थाबाट भारतले लगातार चार अंक जोड्दै जितको आधार तय गरेको थियो । तेस्रो सेटमा भने सहज जित हात पार्यो ।

भारतले उपाधिका लागि नेपाल र काजाकस्तानबीच खेलको विजेतासँग १४ जेठमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र काजाकस्तानबीचको दोस्रो सेमिफाइनल पाँच बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ए को उपविजेता र भारत विजेताका रुपमा सेमिफाइनल पुगेका थिए । नेपालले समूहको सुरुवाती दुई खेलमा किर्गिस्तान र बंगलादेशलाई पराजित गरे पनि भारतसँग हारेको थियो । काजाकस्तानलाई हराउन सके नेपालले भारतसँग यो प्रतियोगितामा दोस्रोपल्ट खेल्नेछ ।

Published Date: 26 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग