सहिद स्मारक ‘ए’ डिभिजन लिग आज दुई खेलहरु हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग आज दुई खेलहरु हुँदै : Icon Khabar

काठमाडौँ, जेठ ९ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन्। जसमध्ये एक खेल एन्फा कम्प्लेक्समा हुनेछ भने एक खेल दशरथ रंगशालामा हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। सातदोबाटो १९ खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने खुमलटार १९ खेलमा १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। थ्री स्टार १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने पुलिस १९ खेलमा २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने