सहिद स्मारक ‘ए’ डिभिजन लिग आज दुई खेलहरु हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग आज दुई खेलहरु हुँदै : Icon Khabar

काठमाडौँ, जेठ ९ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन्। जसमध्ये एक खेल एन्फा कम्प्लेक्समा हुनेछ भने एक खेल दशरथ रंगशालामा हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। सातदोबाटो १९ खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने खुमलटार १९ खेलमा १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। थ्री स्टार १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने पुलिस १९ खेलमा २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

Published Date: 23 May 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग