सिटिइभिटीले गर्यो सम्बन्धित प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट र अन्य प्रमाणपत्र उपलब्ध गराउने निर्णय

सिटिइभिटीले गर्यो सम्बन्धित प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट र अन्य प्रमाणपत्र उपलब्ध गराउने निर्णय : Icon Khabar

काठमाडौं, जेठ ९ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले सम्बन्धित प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट र अन्य प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले आगामी आर्थिक वर्षदेखि सिटिइभिटीका प्रादेशिक कार्यालयले ट्रान्सक्रिप्ट, मार्कसिट र माइग्रेसन उपलब्ध गराउने जानकारी दिए । यो सेवा हालसम्म सिटिइभिटीको केन्द्रीय कार्यालय भक्तपुरमा मात्र उपलब्ध थियो ।

यससँगै स्नातकोत्तरलाई प्रमाणपत्र लिन काठमाडौं आउने झन्झट र बाध्यताबाट मुक्ति पाएको छ ।

यसका लागि सफ्टवेयर प्रणाली तयार भइरहेको छ ।

प्रदेशमा कोशी प्रदेशका लागि इटहरी कार्यालय, मधेस प्रदेशका लागि जनकपुर कार्यालय, वाग्मती प्रदेशका लागि हेटौँडा कार्यालय, गण्डकी प्रदेशका लागि पोखरा कार्यालय, लुम्बिनी प्रदेशका लागि बुटवल कार्यालय, कर्णाली प्रदेशका लागि सुर्खेत कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढी कार्यालयले प्रमाणपत्र वितरण गर्नेछ ।

सिटिइभिटीले परीक्षा फारम अनलाइन भर्ने योजना पनि बनाएको छ । यसले लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी प्रि-डिप्लोमा र डिप्लोमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2023
Website | + posts