सुनको मूल्य तोलामा रू ८ सयले घट्यो, रू १ लाख ९ हजार २०० मा कारोबार हुँदै

सुनको मूल्य तोलामा रू ८ सयले घट्यो, रू १ लाख ९ हजार २०० मा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, जेठ ९ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने