चिनियाँ राजदूत चेन सोङ र आपूर्तिमन्त्री रिजालबीच भेटवार्ता

चिनियाँ राजदूत चेन सोङ र आपूर्तिमन्त्री रिजालबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, जेठ ९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सोमबार शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, विकास सहयोग र सीमा नाका खोल्ने विषयमा छलफल भएको थियो ।

मन्त्री रिजालले चिनियाँ राजदूत सोङको प्रशंसा गर्दै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सक्रिय भूमिका खेलेको बताए । उनले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

दुई देशबीचको सम्बन्ध विशेष रहेको भन्दै मन्त्री रिजालले नेपाली भूमि चीनविरुद्ध कसैले दुरुपयोग हुन नदिने नेपाल प्रतिबद्ध रहेको दोहोर्‍याए ।

कुल वैदेशिक व्यापारमा चीनसँगको व्यापार १४ प्रतिशत रहेको उनले जानकारी दिए । मन्त्री रिजालका अनुसार चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो । तर, चीनसँगको व्यापारमा नेपालले ठूलो घाटा बेहोर्दै आएको छ ।

मन्त्री रिजालले नेपाल–चीन व्यापारलाई सहज बनाउन विभिन्न संयन्त्रको स्मरण गराए । पारवहन तथा यातायात सम्झौता कार्यान्वयनका लागि बनेको संयुक्त परामर्श संयन्त्रको बैठकसमेत बस्न नसकेको भन्दै उनले काठमाडौं र बेइजिङका सम्बन्धित संयन्त्रबीच अविलम्ब बैठक गर्न राजदूतलाई आग्रह गरे ।

तर, मन्त्रीले तातोपानी, रसुवा र हिल्सा नाका पुनः सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे । उनले चिनियाँ राजदूतलाई थप नाका छिट्टै खोल्न आग्रह गरे । नेचुङ–लिजी, किमाथाङ्का, ओलाङचुङगोलालगायत सीमा नाका खोल्न चिनियाँ राजदूत गीतले ध्यानाकर्षण गराए ।

रिजालले नेपालको विकासमा चीनले गरेको सहयोग र सहकार्यका लागि धन्यवाद दिए । उनले चीनले थप सहयोग र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने आशा व्यक्त गरे।

सो अवसरमा राजदूत सोङले एक चीन नीतिलाई सहयोग गरेकोमा नेपाललाई धन्यवाद दिए । उनले नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । राजदूतले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानीका लागि चीन सकारात्मक रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2023
Website | + posts