आज त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब, चर्च ब्वाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

आज त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब, चर्च ब्वाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै : Icon Khabar

काठमाडौँ, जेठ ८ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन्। आज एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ।

त्रिभुवन आर्मी १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

यस्तै दिउँसो ३ बजे नै च्यासल मैदानमा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने हिमालयन १९ खेलमा २५ अंक जोडेर सातौं स्थानमा रहेको छ।

Published Date: 22 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग