आज त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब, चर्च ब्वाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

आज त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब, चर्च ब्वाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै : Icon Khabar

काठमाडौँ, जेठ ८ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन्। आज एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ।

त्रिभुवन आर्मी १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

यस्तै दिउँसो ३ बजे नै च्यासल मैदानमा शुरु हुने खेलमा शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने हिमालयन १९ खेलमा २५ अंक जोडेर सातौं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने