भारतमा आगामी साता अत्यधिक गर्मी हुने चेतावनी, ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने

भारतमा आगामी साता अत्यधिक गर्मी हुने चेतावनी, ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने : Icon Khabar

भारत, जेठ ८ । भारतमा आगामी साता सात वटा राज्यमा अत्यधिक गर्मी हुने चेतावनी दिंदै सावधानी अपनाउन आग्रह गरिएको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

यी राज्यहरुमा तातो हावा चल्नुका साथै वातावरण अत्यधिक तातो रहने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विभागका अनुसार आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

यी राज्यहरुमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने पूर्वानुमान गरिएको छ । चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि चिसो पेय पदार्थको खपत बढाएसँगै यस्ता वस्तुको पदार्थको माग धान्नै मुस्किल परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने