भारतमा आगामी साता अत्यधिक गर्मी हुने चेतावनी, ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने

भारतमा आगामी साता अत्यधिक गर्मी हुने चेतावनी, ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने : Icon Khabar

भारत, जेठ ८ । भारतमा आगामी साता सात वटा राज्यमा अत्यधिक गर्मी हुने चेतावनी दिंदै सावधानी अपनाउन आग्रह गरिएको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

यी राज्यहरुमा तातो हावा चल्नुका साथै वातावरण अत्यधिक तातो रहने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विभागका अनुसार आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

यी राज्यहरुमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने पूर्वानुमान गरिएको छ । चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि चिसो पेय पदार्थको खपत बढाएसँगै यस्ता वस्तुको पदार्थको माग धान्नै मुस्किल परेको जनाइएको छ ।

Published Date: 22 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग