संस्कृति मन्त्रालयले माग्यो लुम्बिनी विकास कोषसँग १३ बुँदे स्पष्टीकरण

संस्कृति मन्त्रालयले माग्यो लुम्बिनी विकास कोषसँग १३ बुँदे स्पष्टीकरण : Icon Khabar

काठमाडौं, जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार लुम्बिनी विकास कोषसँग १३ बुँदे स्पष्टीकरण मागेको छ ।

मन्त्रालयले अधिकारको दुरुपयोग, निर्माण कम्पनीसँग मनमानी ठेक्का सम्झौता, टेन्डर जारी गर्दा रकम हिनामिना र प्राप्त चन्दाको कमजोर परिचालनको आरोपमा स्पष्टीकरण दिन ट्रष्टका उपाध्यक्षलाई विभिन्न १३ विषयमा १५ दिनको म्याद दिएको छ ।

मन्त्रालयले विभिन्न जग्गा वितरणमा ट्रष्टको निर्णय, सोक्यो जापानसँगको ठेक्का खारेज भएपछि अन्य संस्थासँगको म्याद थप्नेलगायतका विषयमा सम्पूर्ण विवरण माग गरेको छ ।

मायादेवी मन्दिर परिसरमा जैविक जीव नष्ट गरी विकास गरिएको पोखरी निर्माणका लागि टेन्डर जारी गर्दा करोडौं हिनामिना भएको विषयमा पनि मन्त्रालयले स्पष्टीकरण मागेको छ ।

त्यस्तै, मन्त्रालयले मोटरबोट सञ्चालन, ट्रष्टका निर्माणाधीन आयोजना, क्रेन फाउन्डेसनको दुरुपयोग लगायतका गत पाँच वर्षमा दाताको सहयोग रकम परिचालनको कानुनी आधारमा स्पष्टीकरण पेश गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 May 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट