संस्कृति मन्त्रालयले माग्यो लुम्बिनी विकास कोषसँग १३ बुँदे स्पष्टीकरण

संस्कृति मन्त्रालयले माग्यो लुम्बिनी विकास कोषसँग १३ बुँदे स्पष्टीकरण : Icon Khabar

काठमाडौं, जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार लुम्बिनी विकास कोषसँग १३ बुँदे स्पष्टीकरण मागेको छ ।

मन्त्रालयले अधिकारको दुरुपयोग, निर्माण कम्पनीसँग मनमानी ठेक्का सम्झौता, टेन्डर जारी गर्दा रकम हिनामिना र प्राप्त चन्दाको कमजोर परिचालनको आरोपमा स्पष्टीकरण दिन ट्रष्टका उपाध्यक्षलाई विभिन्न १३ विषयमा १५ दिनको म्याद दिएको छ ।

मन्त्रालयले विभिन्न जग्गा वितरणमा ट्रष्टको निर्णय, सोक्यो जापानसँगको ठेक्का खारेज भएपछि अन्य संस्थासँगको म्याद थप्नेलगायतका विषयमा सम्पूर्ण विवरण माग गरेको छ ।

मायादेवी मन्दिर परिसरमा जैविक जीव नष्ट गरी विकास गरिएको पोखरी निर्माणका लागि टेन्डर जारी गर्दा करोडौं हिनामिना भएको विषयमा पनि मन्त्रालयले स्पष्टीकरण मागेको छ ।

त्यस्तै, मन्त्रालयले मोटरबोट सञ्चालन, ट्रष्टका निर्माणाधीन आयोजना, क्रेन फाउन्डेसनको दुरुपयोग लगायतका गत पाँच वर्षमा दाताको सहयोग रकम परिचालनको कानुनी आधारमा स्पष्टीकरण पेश गर्न भनेको छ ।

Published Date: 22 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु