तातोपानी नाकाबाट गत सातादेखि करिब ३ हजार ५ सय टन रासायनिक मल भित्रियो

तातोपानी नाकाबाट गत सातादेखि करिब ३ हजार ५ सय टन रासायनिक मल भित्रियो : Icon Khabar

काठमाडौं, जेठ ७ । चीनसँगको नेपालको उत्तरी सीमा नाका तातोपानी हुँदै यस वर्ष रासायनिक मल नेपाल भित्रिन थालेको छ ।

तातोपानी नाकाबाट गत सातादेखि करिब ३ हजार ५ सय टन रासायनिक मल भित्रिएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीले साल्ट ट्रेडिङ एण्ड एग्रीकल्चरल इन्पुट्स कम्पनी लिमिटेड (एआईसीएल)का लागि चीनबाट रासायनिक मल ल्याएको छ । ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी भइरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदर सत्यालले जानकारी दिए ।

तातोपानी हुँदै एआईसीएलका लागि ३ हजार ५ सय टन र साल्ट ट्रेडिङ कर्पोरेशनका लागि ४ हजार टन रासायनिक मल ल्याइएको उनले बताए । केही समयअघि आउनु पर्ने मल कोभिड–१९ का कारण रोकिएको र अहिले आएको उनले बताए । तातोपानी भन्सारको सात हजार १ सय टन मल क्षमता भएकाले अहिले सो मात्रामा मल ल्याउने तयारी भइरहेको उनले बताए ।

बाँकी मल चीनको सिगात्सेमा ल्याइएको उनले बताए । पछिल्लो पाँच दिनमा तातोपानी नाका हुँदै दैनिक नौ कन्टेनर मल ल्याइएको उनले बताए । उनले तातोपानी नाका नेपाल र चीनबीचको सबैभन्दा नजिकको नाका भए पनि नेपाल जाने बाटोमा समस्या रहेको बताए । उनले सडक राम्रो भए नेपालमा चाहिने मलको ५० प्रतिशत चीनबाट ल्याउन सकिने बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमै मल आयात गरिरहेको उनले बताए । उनले भन्सारमा मलको निरीक्षण प्रक्रिया तुरुन्तै गरेमा एक साताभित्र कृषि सामग्री कम्पनीलाई पुर्याउन सकिने बताए ।

उक्त रासायनिक मल रेलबाट चीनको सिगात्से र त्यहाँबाट कन्टेनरमा तातोपानी नाकासम्म ल्याइएको सिल्क कम्पनीले जनाएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स लगायतका सामाग्री पैठारी गरिएपनि रासायनिक मल भने यसै सातादेखि नै आयात भइरहेको बताए ।

पछिल्लो समय आयातको अवस्था हेर्दा भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको विष्टले बताए । चालु आर्थिक वर्षमा तातोपानी नाकाबाट ४ अर्ब ६२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखे पनि हालसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको उनले बताए । तातोपानी नाकाबाट आयातको अवस्था हेर्दा कम्तीमा ६२ प्रतिशत राजस्व उठाउन सकिने उनले बताए ।

त्यस्तै, तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी पाएका ट्रान्जिल टर्मिनलका प्रबन्धक अनिरुद्र थापाले विगत एक सातादेखि दैनिक आठ कन्टेनर रासायनिक मल आयात हुने गरेको बताए । उनले पछिल्लो समय तातोपानी नाकाबाट दैनिक ३ सय टन मल आयात हुने गरेको बताए । भन्सारसँग ७ हजार १ सय टन रासायनिक मल भण्डारण गर्ने क्षमता भएकाले सोही अनुसार आयात गर्ने कम्पनीलाई आग्रह गरेको प्रबन्धक थापाले बताए ।

उत्तरी सीमानाबाट पनि रासायनिक मल ल्याइएकाले यस वर्ष किसानले समयमै प्रयोग गर्न सक्ने देखिएको छ । चीनबाट मल ल्याउन साल्ट ट्रेडिङ कर्पोरेशनले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत अनुमति पाएको थियो । भारतबाट ल्याएको विकल्पका रूपमा गत वर्षदेखि तातोपानी नाका हुँदै मल ल्याइएको थियो । भूकम्पपछि बन्द भएको तातोपानी नाका गत वर्षदेखि एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । तर पछिल्लो समय आयात–निर्यातका लागि नाका सञ्चालनमा आएको छ ।

Published Date: 21 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु