तातोपानी नाकाबाट गत सातादेखि करिब ३ हजार ५ सय टन रासायनिक मल भित्रियो

तातोपानी नाकाबाट गत सातादेखि करिब ३ हजार ५ सय टन रासायनिक मल भित्रियो : Icon Khabar

काठमाडौं, जेठ ७ । चीनसँगको नेपालको उत्तरी सीमा नाका तातोपानी हुँदै यस वर्ष रासायनिक मल नेपाल भित्रिन थालेको छ ।

तातोपानी नाकाबाट गत सातादेखि करिब ३ हजार ५ सय टन रासायनिक मल भित्रिएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीले साल्ट ट्रेडिङ एण्ड एग्रीकल्चरल इन्पुट्स कम्पनी लिमिटेड (एआईसीएल)का लागि चीनबाट रासायनिक मल ल्याएको छ । ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी भइरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदर सत्यालले जानकारी दिए ।

तातोपानी हुँदै एआईसीएलका लागि ३ हजार ५ सय टन र साल्ट ट्रेडिङ कर्पोरेशनका लागि ४ हजार टन रासायनिक मल ल्याइएको उनले बताए । केही समयअघि आउनु पर्ने मल कोभिड–१९ का कारण रोकिएको र अहिले आएको उनले बताए । तातोपानी भन्सारको सात हजार १ सय टन मल क्षमता भएकाले अहिले सो मात्रामा मल ल्याउने तयारी भइरहेको उनले बताए ।

बाँकी मल चीनको सिगात्सेमा ल्याइएको उनले बताए । पछिल्लो पाँच दिनमा तातोपानी नाका हुँदै दैनिक नौ कन्टेनर मल ल्याइएको उनले बताए । उनले तातोपानी नाका नेपाल र चीनबीचको सबैभन्दा नजिकको नाका भए पनि नेपाल जाने बाटोमा समस्या रहेको बताए । उनले सडक राम्रो भए नेपालमा चाहिने मलको ५० प्रतिशत चीनबाट ल्याउन सकिने बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमै मल आयात गरिरहेको उनले बताए । उनले भन्सारमा मलको निरीक्षण प्रक्रिया तुरुन्तै गरेमा एक साताभित्र कृषि सामग्री कम्पनीलाई पुर्याउन सकिने बताए ।

उक्त रासायनिक मल रेलबाट चीनको सिगात्से र त्यहाँबाट कन्टेनरमा तातोपानी नाकासम्म ल्याइएको सिल्क कम्पनीले जनाएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स लगायतका सामाग्री पैठारी गरिएपनि रासायनिक मल भने यसै सातादेखि नै आयात भइरहेको बताए ।

पछिल्लो समय आयातको अवस्था हेर्दा भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको विष्टले बताए । चालु आर्थिक वर्षमा तातोपानी नाकाबाट ४ अर्ब ६२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखे पनि हालसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको उनले बताए । तातोपानी नाकाबाट आयातको अवस्था हेर्दा कम्तीमा ६२ प्रतिशत राजस्व उठाउन सकिने उनले बताए ।

त्यस्तै, तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी पाएका ट्रान्जिल टर्मिनलका प्रबन्धक अनिरुद्र थापाले विगत एक सातादेखि दैनिक आठ कन्टेनर रासायनिक मल आयात हुने गरेको बताए । उनले पछिल्लो समय तातोपानी नाकाबाट दैनिक ३ सय टन मल आयात हुने गरेको बताए । भन्सारसँग ७ हजार १ सय टन रासायनिक मल भण्डारण गर्ने क्षमता भएकाले सोही अनुसार आयात गर्ने कम्पनीलाई आग्रह गरेको प्रबन्धक थापाले बताए ।

उत्तरी सीमानाबाट पनि रासायनिक मल ल्याइएकाले यस वर्ष किसानले समयमै प्रयोग गर्न सक्ने देखिएको छ । चीनबाट मल ल्याउन साल्ट ट्रेडिङ कर्पोरेशनले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत अनुमति पाएको थियो । भारतबाट ल्याएको विकल्पका रूपमा गत वर्षदेखि तातोपानी नाका हुँदै मल ल्याइएको थियो । भूकम्पपछि बन्द भएको तातोपानी नाका गत वर्षदेखि एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । तर पछिल्लो समय आयात–निर्यातका लागि नाका सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट