सन्दीप लामिछाने विरुद्धको मुद्दामा पीडितको उमेर थप स्पष्ट हुनुपर्ने भन्दै भएन सुनवाई

सन्दीप लामिछाने विरुद्धको मुद्दामा पीडितको उमेर थप स्पष्ट हुनुपर्ने भन्दै भएन सुनवाई : Icon Khabar

काठमाडौँ, जेठ ७ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा पीडितको उमेर थप स्पष्ट हुनुपर्ने भन्दै आइतबार सुनवाई भएन ।

न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा जाहेरीकर्ताको जन्मदर्ता र अस्पतालबाट जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको छ ।

उक्त इजलासले जाहेरीकर्ताको जन्मदर्ता रहेको नुवाकोटको वडाले पठाएको पत्र अस्पष्ट भएकाे र वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएका भन्दै फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ । यसैगरी, जन्मेको कागज पनि स्पष्ट नबुझिएको भन्दै इजलासले पुनः अर्को पत्र ल्याउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts




ताजा
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत
आज मंगलबारको राशिफल
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने