सन्दीप लामिछाने विरुद्धको मुद्दामा पीडितको उमेर थप स्पष्ट हुनुपर्ने भन्दै भएन सुनवाई

सन्दीप लामिछाने विरुद्धको मुद्दामा पीडितको उमेर थप स्पष्ट हुनुपर्ने भन्दै भएन सुनवाई : Icon Khabar

काठमाडौँ, जेठ ७ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा पीडितको उमेर थप स्पष्ट हुनुपर्ने भन्दै आइतबार सुनवाई भएन ।

न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा जाहेरीकर्ताको जन्मदर्ता र अस्पतालबाट जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको छ ।

उक्त इजलासले जाहेरीकर्ताको जन्मदर्ता रहेको नुवाकोटको वडाले पठाएको पत्र अस्पष्ट भएकाे र वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएका भन्दै फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ । यसैगरी, जन्मेको कागज पनि स्पष्ट नबुझिएको भन्दै इजलासले पुनः अर्को पत्र ल्याउन भनेको छ ।

Published Date: 21 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग