यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

बेपत्ता योद्धाको स्थिति दुई वर्षमा सार्वजनिक हुन्छ

यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड : Icon Khabar

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफुले भन्नुपर्ने धेरै कुरा बोलिसकेको बताउँदै आफुले यसपटक कम बोल्ने तर धेरै गर्ने
संकल्प लिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलि रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाँहिं धेरै गर्ने संकल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि त्यो गरिरहेको छु ।”

आफु प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरुको नाम लेखिएको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरुको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा मारिएका योद्धाहरूलाई हल्ला नगरिक राष्ट्रिय सहिद घोषणा गरेको बताए। साथै, विभिन्न विरोधका बाबजुत पनि आफुले पुनः हल्ला नगरिकनै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँने निर्णय गरेको बताए।

२०७१ मा भएको निर्णय अनुसार आफुले सरकार प्रमुखको हैसियतले जनयुद्धका योद्धाहरूलाई दुई लाख दिन गरेको निर्णयको अनावश्यक विरोध भएको बताउँदै सो विषयमा सर्वाच्च अदालले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास व्यक्त गरे ।

जसका निम्ति माओवादी आन्दोलनका सम्पूर्ण धाराहरु एक भएर सचेतता पूर्वक लाग्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो।

मन्तब्यका क्रममा प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरुको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

संक्रमणकालिन न्यायको विषयमा सत्ता गठबन्धनमा राम्रो बुझाई रहेको समेत बताए। साथै, विपक्षका दलका नेताहरू पनि कोलम्बियाको भ्रमण गरेर त्यहाँ द्धन्द्धलाई शान्तिका कसरी परिणत गरिएको थियो भन्ने सिकेर आएको बताउँदै सो सिकाईका आधारमा पनि नेपालको शान्ति प्रक्रियाका बाँकि काम छिट्टै टुंग्याउने गरी सरकार लागेको बताए ।

संसदमा रहेका सबै दलसँग सहमति गरी समिति तथा उपसमितिहरू बनाएर छलफल भैरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सो प्रक्रिया दुई वर्षभित्र टुंग्याउने गरी आफु लागेको बताए ।

शान्ति प्रक्रियाको काम निकै ढिलो भएको भन्दै अब बेपत्ताहरूलाई जिउँदो रुपमा पाउन मुस्किल हुने कुरामा सबैले चित्त बुझाउनुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरुलाई शहिद घोषणा गरेर परिवारलाई परिपुरणको व्यवस्था गर्न उचित हुने तर्फ आफ्नो ध्यान गएको बताए।

उनले भन्नुभयो –“ पहिले पहिले मलाई बेपत्ता योद्धाहरू हुनुहुन्न होला, मरिसक्नु भयो भनेको सुन्दा त्यो भन्नेलाई झम्टौं झम्टौं जस्तो हुन्थ्यो । अहिले ती योद्धाहरूलाई बेपत्ता भन्नु भन्दा पनि उहाँहरूको स्थिति सार्वजनिक गरी सहिद घोंषणा गर्दा चित्त बुझाउने ठाउँमा पुगेको छु । मलाई लाग्छ हामी सबै त्यो अवस्थामा पुगेका छौं ।”

डण्डपानी न्यौपाने लगायतका बेपत्ता योद्धाहरुको अवस्था बारे जनयुद्ध कालमै मानव अधिकार कर्मिहरूले तात्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईसँग बुझ्न खोज्दा उहाँहरू पहिल्यै मरिसक्नु भयो भनेको र आफुहरूले सो कुरो अस्वीकार गरेको स्मरण समेत गरे । अब समय धेरै घर्किसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बेपत्ता आफन्तहरु सम्झेर सधै बेचैनीमा बस्न नसकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने– “अब समय निकै बितिसक्यो आफन्तहरू सम्झेर कति बेचैनीमा बस्नु अब उहाँहरुको अवस्था सार्वजनिक गरी टंग्याउनु नै उचित हुन्छ ।”

विप्लवले राखेको विषय बस्तुले आफुलाई खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले भने –“ विप्लवले पछिल्लो समय मलाई अफ्ट्यारो पर्दा विशेष परिस्थितिमा वस्तुवादी र परिपक्क हुँदै आफ्नै पार्टीका नेताहरूले भन्दापनि रचनात्मक ढंगले सहयोग र सुझाब दिंदै आउनु भएको छ । यसको निम्ति उहाँ र उहाँको पार्टीका साथिहरूलाई धन्यवाद दिन चाहान्छु । ”

विप्लवले मन्तब्यको क्रममा “सरकारमा बसेर तपाई आगाडी बढ्नुस हामी सडकमा बसेर सहयोग गर्न तयार छौं ।” भनेको कुरालाई सम्झदै प्रधानमन्त्री प्रचण्डले अब माओवादीका धाराहरु नयाँ आन्दोलनको सहयात्री हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने –“आजको दिनले माओवादी आन्दोनका सहयात्रीहरूलाई भावनात्मक रुपले पनि र राजनीतिक यर्थाथको आत्मसातिकरणको रुपले पनि एक ठाउँमा ल्याएको छ । जसरी अहिले गणतन्त्र र परिवर्तनका मुद्धामाथि प्रहार गर्ने गरिएको छ । यो एकता र आजको सन्दर्भले त्यसलाई परास्त गर्दै देशलाई समाजवादी गणतन्त्रमा लैजानको निम्ति यो कार्यक्रमले प्रेरणा दिने छ । ”

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञावाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts