भक्तपुरमा असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न

भक्तपुरमा असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ७ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा एक दिवसिय असल बैठक तथा निर्णय लेखन तालिम सम्पन्न भएको छ ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको बताए । उनले सहकारीमा असल बैठकको अभ्यास नै नगरीकन व्यक्ति स्वार्थ परिपूर्ति गर्ने गरी खोलिएको सहकारीमा संकट चुलिएको बताए । उनले सहकारीलाई कडा अनुगनमा राख्न नेपाल राष्ट्र बैंक अन्र्तगत राखि कार्यान्वयन गरेमा सहकारीको सिद्धान्त, स्वयत्तता र स्वतन्त्रता हनन हुने विचार राखे।

संघका संचालक एवं उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले सदस्य संस्थामा प्रभावकारी बैठक तथा निर्णय लेखन कार्यमा टेवा पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताईन् । उनले सहकारीमा नियमित बैठक बसी नियमसंगत निर्णयबाट मात्र संस्था प्रभावकारी संचालन गर्न सकिने विचार राखिन् ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको वित्तीय अवस्थाको जानकारी गराउदैं संघमा प्रशस्त तरलता रहेको कुरा बताए। उपसमितिका सदस्य निर्जला ढुङ्गेल संस्थामा नियमित अभ्यास गदै आइरहेको बैठक तथा निर्णय लेखन कार्यलाई प्रभावकारी बनाउन तालिम महत्वपूर्ण रहेको बताईन्।

सो तालिममा ६० जना सहभागीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts