दोस्रो बाग्मती प्रदेश खेलकुद आज साँझ उद्घाटन हुँदै

दोस्रो बाग्मती प्रदेश खेलकुद आज साँझ उद्घाटन हुँदै : Icon Khabar

हेटौंडा, जेठ ७ । दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिता आज एक भव्य समारोहका बीच उद्घाटन हुँदैछ ।
बाग्मती प्रदेशको राजधानी हेटौडाको पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज (आइतबार) साँझ ५ः३० बजे प्रतियोगिताको उद्घाटन गरेपछि दोस्रो संस्करण सुरु हुनेछ ।

मार्च पास्, आतिसबाजी, सांगीतिक प्रस्तुती र विभिन्न किसिम सांस्कृतिक प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हुने बाग्मति प्रदेशले जनाएको छ । प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाका कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १४२७ पुरुष र १०७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूूर्यलाल भण्डारीले जनाएका छन् ।

काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन् । बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चितवनमा क्रिकेट खेल भैइरहेको छ । बाँकी खेल भने सोमबारदेखि सुरु हुनेछ् । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको स्वर्ण विजेताले पाँच हजार, रजत पदक विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार पाउने बाग्मती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिए । प्रतियोगिताका लागि कुल ९ करोड रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु