बृहत पोषण विशेष कार्यक्रम ७ दिने आधारभूत क्षमता अभिवृद्धि तालिम सम्पन्न

बृहत पोषण विशेष कार्यक्रम ७ दिने आधारभूत क्षमता अभिवृद्धि तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ७ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपाबाट सञ्चालित ख्वप अस्पतालको आयोजनामा भएको बृहत पोषणसम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तालिमका सहभागी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई आइतबार एक कार्यक्रमबीच प्रशंसा पत्र वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले बालबालिकाको स्वास्थ्य, जीवनरक्षा र विकासको लागि पोषण महत्वपूर्ण भूमिका हुने बताउँदै राम्रो पोषण पाएका बालबालिकाहरुले राम्रारी हुर्कन, सिक्न र समुदायको लागि योगदान दिन सक्षम हुने बताए ।

बालबालिकालाई कुपोषणबाट बचाउन पोषणसम्बन्धी विशेष तालिमको आवश्यकता पर्ने बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीले तालिमबाट आफूले पाएका ज्ञान समुदायका बालबालिकालाई कुपोषणबाट जोगाउन आवश्यक भूमिका खेल्नुपर्ने उनले बताए ।

सन्तुलित भोजन आजको आवश्यकता रहेको बताउँदै उहाँले आफ्नो शरीरलाई हानी पुर्याउने वस्तुको सेवनबाट टाढा रहनुपर्ने र शरीरलाई फाइदा पुग्ने अन्नको सेवनमा जोड दिई स्वस्थ जीवन बाँच्न सबैलाई प्रेरित पनि गरे ।

उनले भक्तपुर नपाले नागरिकहरुको सहज स्वास्थ्य उपचारको लागि ख्वप अस्पताल सञ्चालन गरेको बताउनुहुँदै अस्पतालमा कार्यरत सबैले बिरामीहरुको सेवा गर्ने भावनाले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ख्वप अस्पतलका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बालबालिकाहरुको पोषणमा गरिने लगानीले उनीहरुलाई दीर्घकालीन प्रतिफल प्राप्त हुने बताउँदै पोषणको महत्वबारे जनचेतना जगाउनु आवश्यक भएको बताए ।

कार्यक्रममा तालिमका प्रशिक्षक गंगाप्रसाद पौडेल, डा. विजय ज्याख्व, नर्स रबिना कवांले तालिमबारे आफ्नो अनुभव सुनाउनुभयो । साथै ख्वप बुहप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले तालिमको उद्देश्य र महत्वमाथि प्रकाश परेको थियो ।

Published Date: 21 May 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता