निःशुल्क उपचार गराएका व्यक्तिको विवरण पेश गर्न अस्पतालहरूलाई महानगरपालिकाको निर्देशन

निःशुल्क उपचार गराएका व्यक्तिको विवरण पेश गर्न अस्पतालहरूलाई महानगरपालिकाको निर्देशन : Icon Khabar

काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकाले तोकिएको अस्पतालमा निःशुल्क उपचार गराएका गरिब, असहाय र परित्याग भएका व्यक्तिको विवरण प्रत्येक महिना पूरा भएको १० दिनभित्र महानगरपालिकामा पेश गर्न महानगरका अस्पतालहरूलाई निर्देशन दिएको छ ।

महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभागले लक्षित समूहका लागि १० प्रतिशत शय्या आरक्षित गर्नेबारे सम्बन्धित अस्पतालले जारी गरेको सूचनालाई कार्यान्वयन गरी प्रत्येक महिना अन्त्य भएको १० दिनभित्र विवरण बुझाउन कामनपाले निर्देशन दिएको छ ।

“स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को परिच्छेद २४ को दफा ७० (डी) बमोजिम अस्पतालले १० प्रतिशत शैया छुट्याई गरिब, असहाय र परित्याग भएका व्यक्तिलाई निःशुल्क उपचार उपलब्ध गराउनु पर्नेछ । लक्ष्यको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गर्दछु । लाभग्राहीले प्रत्येक महिना सकिएको १० दिनभित्र आफ्नो विवरण कामपामा बुझाउनुपर्छ, नत्र कारबाही हुन्छ,’ मेयर बलेन्द्र शाहले भने ।

विभागले मापदण्ड नपुगेको भन्दै सूचना जारी गरेको थियो । स्वास्थ्य संस्थालाई सेवाग्राहीमैत्री सेवा उपलब्ध गराउन, कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, फोहोरमैला व्यवस्थापन गर्न, अस्पतालभित्रका क्यान्टिन सफा र गुणस्तरीय खाना उपलब्ध गराउन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने