निःशुल्क उपचार गराएका व्यक्तिको विवरण पेश गर्न अस्पतालहरूलाई महानगरपालिकाको निर्देशन

निःशुल्क उपचार गराएका व्यक्तिको विवरण पेश गर्न अस्पतालहरूलाई महानगरपालिकाको निर्देशन : Icon Khabar

काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकाले तोकिएको अस्पतालमा निःशुल्क उपचार गराएका गरिब, असहाय र परित्याग भएका व्यक्तिको विवरण प्रत्येक महिना पूरा भएको १० दिनभित्र महानगरपालिकामा पेश गर्न महानगरका अस्पतालहरूलाई निर्देशन दिएको छ ।

महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभागले लक्षित समूहका लागि १० प्रतिशत शय्या आरक्षित गर्नेबारे सम्बन्धित अस्पतालले जारी गरेको सूचनालाई कार्यान्वयन गरी प्रत्येक महिना अन्त्य भएको १० दिनभित्र विवरण बुझाउन कामनपाले निर्देशन दिएको छ ।

“स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को परिच्छेद २४ को दफा ७० (डी) बमोजिम अस्पतालले १० प्रतिशत शैया छुट्याई गरिब, असहाय र परित्याग भएका व्यक्तिलाई निःशुल्क उपचार उपलब्ध गराउनु पर्नेछ । लक्ष्यको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गर्दछु । लाभग्राहीले प्रत्येक महिना सकिएको १० दिनभित्र आफ्नो विवरण कामपामा बुझाउनुपर्छ, नत्र कारबाही हुन्छ,’ मेयर बलेन्द्र शाहले भने ।

विभागले मापदण्ड नपुगेको भन्दै सूचना जारी गरेको थियो । स्वास्थ्य संस्थालाई सेवाग्राहीमैत्री सेवा उपलब्ध गराउन, कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, फोहोरमैला व्यवस्थापन गर्न, अस्पतालभित्रका क्यान्टिन सफा र गुणस्तरीय खाना उपलब्ध गराउन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।

Published Date: 21 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै