आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ७ । आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा आज २७३ स्टकको ३४ हजार ३३१ पटकको कारोबारमा १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको ४८ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज निजीृवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८० प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढी बढेको छ। आज विकास बैंक, वित्त, जलविद्यूत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts