सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदै, दिउँसो ३ बजे सुरु हुने

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदै, दिउँसो ३ बजे सुरु हुने : Icon Khabar

काठमाडौँ, जेठ ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन्। जसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ। सो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको एपीएफ, आज सातौं जितको योजनामा हुनेछ। त्यसैगरी, १९ खेलमा २३ अंक जोडेको मनाङ मर्स्याङ्दी छैटौँ जितको लागि खेल्नेछ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ। जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने संकटा १९ खेलमा २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १९ खेलमा २३ अंक जोडेर नवौं स्थानमा रहेको छ भने मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने