सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदै, दिउँसो ३ बजे सुरु हुने

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदै, दिउँसो ३ बजे सुरु हुने : Icon Khabar

काठमाडौँ, जेठ ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन्। जसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ। सो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको एपीएफ, आज सातौं जितको योजनामा हुनेछ। त्यसैगरी, १९ खेलमा २३ अंक जोडेको मनाङ मर्स्याङ्दी छैटौँ जितको लागि खेल्नेछ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल साँझ ६ बजे सुरु हुनेछ। जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने संकटा १९ खेलमा २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १९ खेलमा २३ अंक जोडेर नवौं स्थानमा रहेको छ भने मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

Published Date: 21 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै