स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका शीर्ष स्थानमा

स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका शीर्ष स्थानमा : Icon Khabar

सिन्धुपाल्चोक, जेठ ७ । स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७८/०७९ को प्रारम्भिक नतिजामा ८९.५ प्रतिशत अंक ल्याएर मेलम्ची जिल्लामा प्रथम भएको थियो ।

मूल्याङ्कनमा मेलम्चीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२.८६ प्रतिशत, कार्यान्वयन क्षमता र व्यवस्थापनमा ९७.९३, लेखा तथा प्रतिवेदनमा शतप्रतिशत, अनुगमन तथा मूल्याङ्कन तथा लेखापरीक्षणमा ८१.२५ र राजस्व व्यवस्थापनमा ८५.२९ प्रतिशत अंक प्राप्त गरेको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले मूल्याङ्कन गरेको हो ।

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ प्रतिशत, भोटेकोसी गाउँपालिकाले ६५, बाह्रबिसे नगरपालिकाले ६४, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१.५, बलेफी गाउँपालिकाले ६०.५, लिसाङ्खुपाखर गाउँपालिकाले ५४.५, रुघाङ नगरपालिकाले ५४ दशमलव ५, राँगापाल नगरपालिकाले ५ ल्याएको छ । मूल्याङ्कनमा सुनकोशी गाउँपालिकाले ५०, सुनकोशी गाउँपालिकाले ४२.५ र हेलम्बु गाउँपालिकाले ४१.५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

मेलम्ची आर्थिक वर्ष २०७७-७८ मा पनि कुल ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो ।

अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर जाँच गरी नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक गर्ने मेलम्ची नगरपालिकाको सूचना प्रविधि शाखा प्रमुख अर्पण श्रेष्ठले बताए।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी वर्ष दुवै परीक्षामा ९० प्रतिशतभन्दा बढी अंक ल्याउने लक्ष्य रहेको बताए । नगरपालिकाको मूल्याङ्कनपछि मेयर ऐतमान तामाङ र उपमेयर उमा प्रधानले आगामी वर्षमा पनि स्थानीय तहमा पहिलो हुने गरी काम गर्ने बताए ।

Published Date: 21 May 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु