संसदमा दलका सांसदहरुको उपस्थितिमा एमाले अध्यक्ष ओलीको असन्तुष्टि

संसदमा दलका सांसदहरुको उपस्थितिमा एमाले अध्यक्ष ओलीको असन्तुष्टि : Icon Khabar

काठमाडौं, जेठ ७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा दलका सांसदहरुको उपस्थिति सन्तोषजनक नभएको गुनासो गरेका छन् ।

सरकारको आर्थिक वर्ष २०२३/२४ को नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको भोलिपल्ट शनिबार संसदीय दलको बैठकमा ओलीले आफ्ना सांसदहरुप्रति असन्तुष्टि जनाएका हुन् ।

संसदीय दलको बैठकमा ओलीले भने, ‘संसदमा हाम्रो उपस्थिति कमजोर भएको छ, ‘नुन खाएको कुखुरा जस्तै एमाले किन सुकेको छ ?

सङ्घीय संसद्को बैठकमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न निर्देशन दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘विचार, विधि र प्रस्तुति नयाँ नभए पार्टी पुरानो हुन्छ, तर विचार र जोशमा हामी बलियो छौँ भन्ने मलाई लाग्छ ।

सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई समर्थन गर्न लायक नभएको बताउँदै ओलीले भने, ‘देशको राजनीतिक, आर्थिक, सामाजिक समस्याको पहिचान नीति तथा कार्यक्रमले गर्न सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रममा गम्भीरता नभएको आरोप लगाउँदै ओलीले नीति तथा कार्यक्रम संविधान र देशको आवश्यकतासँग नजोडिएको आरोप लगाए ।

Published Date: 21 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै