संसदमा दलका सांसदहरुको उपस्थितिमा एमाले अध्यक्ष ओलीको असन्तुष्टि

संसदमा दलका सांसदहरुको उपस्थितिमा एमाले अध्यक्ष ओलीको असन्तुष्टि : Icon Khabar

काठमाडौं, जेठ ७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा दलका सांसदहरुको उपस्थिति सन्तोषजनक नभएको गुनासो गरेका छन् ।

सरकारको आर्थिक वर्ष २०२३/२४ को नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको भोलिपल्ट शनिबार संसदीय दलको बैठकमा ओलीले आफ्ना सांसदहरुप्रति असन्तुष्टि जनाएका हुन् ।

संसदीय दलको बैठकमा ओलीले भने, ‘संसदमा हाम्रो उपस्थिति कमजोर भएको छ, ‘नुन खाएको कुखुरा जस्तै एमाले किन सुकेको छ ?

सङ्घीय संसद्को बैठकमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न निर्देशन दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘विचार, विधि र प्रस्तुति नयाँ नभए पार्टी पुरानो हुन्छ, तर विचार र जोशमा हामी बलियो छौँ भन्ने मलाई लाग्छ ।

सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई समर्थन गर्न लायक नभएको बताउँदै ओलीले भने, ‘देशको राजनीतिक, आर्थिक, सामाजिक समस्याको पहिचान नीति तथा कार्यक्रमले गर्न सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रममा गम्भीरता नभएको आरोप लगाउँदै ओलीले नीति तथा कार्यक्रम संविधान र देशको आवश्यकतासँग नजोडिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने