एक साताभित्रै सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने सरकारको तयारी

एक साताभित्रै सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने सरकारको तयारी : Icon Khabar

काठमाडौं, जेठ ७ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि विद्यमान झन्झटिलो र लामो प्रक्रियाको अन्त्य गर्दै सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया शुरु भएको एक साताभित्र लाइसेन्स उपलब्ध गराउने तयारी गरेको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स पाउने सम्पूर्ण प्रणालीलाई सरल र समयसापेक्ष बनाई परिमार्जन गर्न लागिएको बताए । उनले ड्राइभिङ लाइसेन्स छिट्टै छाप्नका लागि थप प्रिन्टिङ मेसिन खरिद गरिने र नयाँ लाइसेन्स लिन वर्षौंदेखि पर्खिने चलनलाई अन्त्य गर्ने बताए ।

मन्त्री ज्वालाले छिट्टै सेवा प्रवाहका लागि केही कानुन परिमार्जन गरी सरलीकरण गर्ने पनि प्रतिवद्धता जनाइन् । उनले भने, ‘अहिले प्रत्येक पाँच वर्षमा सवारी चालक अनुमतिपत्र नवीकरण हुने गरेको छ ।

अर्थतन्त्रमा सङ्कटका कारण पूर्वाधार क्षेत्रमा लगानी बढाउन नसके पनि मन्त्री ज्वालाले सरकारले सडक निर्माणका लागि बजेट बढाउने काम गरिरहेको बताए । सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरेर समृद्धि हासिल गर्न सकिने उनले बताए ।

मन्त्री ज्वालाले सबै निकायबीचको सहकार्य र समन्वयबाट सडक दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।

Published Date: 21 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग