एक साताभित्रै सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने सरकारको तयारी

एक साताभित्रै सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने सरकारको तयारी : Icon Khabar

काठमाडौं, जेठ ७ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि विद्यमान झन्झटिलो र लामो प्रक्रियाको अन्त्य गर्दै सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया शुरु भएको एक साताभित्र लाइसेन्स उपलब्ध गराउने तयारी गरेको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स पाउने सम्पूर्ण प्रणालीलाई सरल र समयसापेक्ष बनाई परिमार्जन गर्न लागिएको बताए । उनले ड्राइभिङ लाइसेन्स छिट्टै छाप्नका लागि थप प्रिन्टिङ मेसिन खरिद गरिने र नयाँ लाइसेन्स लिन वर्षौंदेखि पर्खिने चलनलाई अन्त्य गर्ने बताए ।

मन्त्री ज्वालाले छिट्टै सेवा प्रवाहका लागि केही कानुन परिमार्जन गरी सरलीकरण गर्ने पनि प्रतिवद्धता जनाइन् । उनले भने, ‘अहिले प्रत्येक पाँच वर्षमा सवारी चालक अनुमतिपत्र नवीकरण हुने गरेको छ ।

अर्थतन्त्रमा सङ्कटका कारण पूर्वाधार क्षेत्रमा लगानी बढाउन नसके पनि मन्त्री ज्वालाले सरकारले सडक निर्माणका लागि बजेट बढाउने काम गरिरहेको बताए । सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरेर समृद्धि हासिल गर्न सकिने उनले बताए ।

मन्त्री ज्वालाले सबै निकायबीचको सहकार्य र समन्वयबाट सडक दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने