सरकारले यो वर्ष निजामती कर्मचारीको तलब वृद्धि नगर्ने

सरकारले यो वर्ष निजामती कर्मचारीको तलब वृद्धि नगर्ने : Icon Khabar

काठमाडौं, वैशाख २६ । सरकारले चालु आर्थिक वर्षमा निजामती कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाइने स्पष्ट पारेका छन् । मुलुकको अर्थतन्त्र संकटग्रस्त, राजस्व सङ्कलन न्यून र सरकारसँग स्रोत सीमित भएकाले यस वर्ष तलबभत्ता र सामाजिक सुरक्षा भत्ता बढाउन नसकिने उनले बताए ।

हाल ३५ लाखभन्दा बढी नेपाली नागरिक विभिन्न सामाजिक सुरक्षा भत्ताको दायरामा छन् । सामाजिक सुरक्षा भत्ता पुनरावलोकनको दबाब बढिरहेको अवस्थामा अर्थमन्त्री डा महतले यसलाई बढाउन नसकिने र घटाउने सम्भावना पनि नरहेको स्पष्ट पारे ।

Published Date: 09 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक