सरकारले यो वर्ष निजामती कर्मचारीको तलब वृद्धि नगर्ने

सरकारले यो वर्ष निजामती कर्मचारीको तलब वृद्धि नगर्ने : Icon Khabar

काठमाडौं, वैशाख २६ । सरकारले चालु आर्थिक वर्षमा निजामती कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाइने स्पष्ट पारेका छन् । मुलुकको अर्थतन्त्र संकटग्रस्त, राजस्व सङ्कलन न्यून र सरकारसँग स्रोत सीमित भएकाले यस वर्ष तलबभत्ता र सामाजिक सुरक्षा भत्ता बढाउन नसकिने उनले बताए ।

हाल ३५ लाखभन्दा बढी नेपाली नागरिक विभिन्न सामाजिक सुरक्षा भत्ताको दायरामा छन् । सामाजिक सुरक्षा भत्ता पुनरावलोकनको दबाब बढिरहेको अवस्थामा अर्थमन्त्री डा महतले यसलाई बढाउन नसकिने र घटाउने सम्भावना पनि नरहेको स्पष्ट पारे ।

Published Date: 09 May 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता