पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालतबाट पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालतबाट पक्राउ : Icon Khabar

काठमाडौँ, वैशाख २६ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

तेहरिक-ए-इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् । ‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् ।

उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतले बारम्बार उपस्थित हुन जारी गरेको सूचनालाई अवज्ञा गरेको भन्दै उनलाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ ।

पाकिस्तानका पूर्वविदेशमन्त्री साह महमुद कुरेसीको अध्यक्षतामा गठन भएको ६ सदस्यीय समितिले उनको कारबाहीबारे निर्णय गर्ने पाकिस्तानका राष्ट्रिय सभा सदस्य असद उमरलाई उद्धृत गर्दै डनले लेखेको छ ।

उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको छ ।

Published Date: 09 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक