टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा : Icon Khabar

काठमाडौं, वैशाख २६ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेका नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ।

मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले नेता रायमाझीको घरमा छापा मारेको हो। रायमाझीको निवास ललितपुर खुमलटारमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको सहयोगमा छापा मारेको प्रहरीले जनाएको छ।

यस प्रकरणमा उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ परिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2023
Website | + posts