भुटानी शरणार्थी घोटालाको प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको आरजु राणाको दाबी

भुटानी शरणार्थी घोटालाको प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको आरजु राणाको दाबी : Icon Khabar

काठमाडौं, वैशाख २६ । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी घोटालाको अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।

एफबीआईले पनि यो प्रकरणमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरिन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी समेत रहेका डा देउवाले नेपाल प्रहरी र एफबीआईले गरेको अनुसन्धानले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेकी छन् ।

आइतबार आरजु राणा देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुले करोडौं रुपैयाँ घोटाला गरेको आरोप लागेको अडियो टेप सार्वजनिक भएको थियो ।

उक्त अडियो टेप घोटालाको अनुसन्धान गरिरहेको नेपाल प्रहरी टोलीमा पुगेको स्रोतले दाबी गरेको छ । अडियो टेपमा डा देउवालाई २ करोड र खाँडलाई ६ करोड रुपैयाँ तिरेको दाबी गरिएको छ । अडियो लीक गर्ने व्यक्ति र्याकेटको सदस्य रहेको बताइएको छ । आरोपित अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ ।

Published Date: 09 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा