भुटानी शरणार्थी घोटालाको प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको आरजु राणाको दाबी

भुटानी शरणार्थी घोटालाको प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको आरजु राणाको दाबी : Icon Khabar

काठमाडौं, वैशाख २६ । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी घोटालाको अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।

एफबीआईले पनि यो प्रकरणमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरिन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी समेत रहेका डा देउवाले नेपाल प्रहरी र एफबीआईले गरेको अनुसन्धानले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेकी छन् ।

आइतबार आरजु राणा देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुले करोडौं रुपैयाँ घोटाला गरेको आरोप लागेको अडियो टेप सार्वजनिक भएको थियो ।

उक्त अडियो टेप घोटालाको अनुसन्धान गरिरहेको नेपाल प्रहरी टोलीमा पुगेको स्रोतले दाबी गरेको छ । अडियो टेपमा डा देउवालाई २ करोड र खाँडलाई ६ करोड रुपैयाँ तिरेको दाबी गरिएको छ । अडियो लीक गर्ने व्यक्ति र्याकेटको सदस्य रहेको बताइएको छ । आरोपित अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ ।

Published Date: 09 May 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक