तोसिमाको आरजुलाई प्रश्न: भ्रष्टाचारसँग लिङ्ग कसरी जोडियो ?

तोसिमाको आरजुलाई प्रश्न: भ्रष्टाचारसँग लिङ्ग कसरी जोडियो ? : Icon Khabar

काठमाडौं, वैशाख २६ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी घोटालाका दोषीलाई ठूला राजनीतिक दलले संरक्षण गरेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा कार्कीले नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी हुँदा पनि आफूहरुलाई बचाउन खोजेको जिकिर गरिन्।

सांसदहरुले आफ्नो सम्पत्ति विवरण संघीय संसद् सचिवालयमा बुझाएको बताउँदै उनले वेबसाइटमार्फत् सार्वजनिक गर्न पनि माग गरेकी छिन्। डा कार्कीले सम्पत्ति कर नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने बताईन्।

केही दिनअघि प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले पनि सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । उनले आफूले कुनै गल्ती नगरेको दाबी गरिन् र आफूलाई सोधपुछ भएको पनि डर नभएको बताएकी छिन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको छानबिन गर्न माग गर्दै देउवाले महिला हिंसाको गुनासो गरेकोप्रति इंगित गर्दै डा कार्कीले लैङ्गिकतालाई भ्रष्टाचारसँग कसरी जोड्न सकिन्छ भन्ने प्रश्न गरे ।

डा देउवालाई संकेत गर्दै डा कार्कीले भनिन्, ‘अडियो टेपको छानबिन गर्न सोध्दा माननीय सांसदले यो नारीविरोधी र महिला हिंसा हो भन्नुभयो । मलाई जवाफ चाहिन्छ- भ्रष्टाचारसँग लिङ्ग कसरी जोडिएको छ?

Published Date: 09 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा