गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री दाहालले पहल गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री दाहालले पहल गर्ने : Icon Khabar

लुम्बिनी, वैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको एजेण्डामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न माग गर्दै लुम्बिनी प्रदेशका व्यापारी समुदायले ध्यानाकर्षण गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ज्ञापनपत्रमा उद्योगी व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको विषय जोडदार रुपमा उठाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघको एक प्रतिनिधिमण्डलले लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई भेटेर विमानस्थल सञ्चालनमा सरकारको ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्री दाहाल २५६७ औँ बुद्ध जयन्ती र २०८० लुम्बिनी दिवसमा सहभागी हुन लुम्बिनी पुगेका थिए ।

ज्ञापनपत्रमा राष्ट्रिय ध्वजावाहक नआएसम्म अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान भर्न आनाकानी गर्दै आएकाले नेपाल वायुसेवा निगमले विमानस्थलबाट उडान सेवा सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

निगमबाट भैरहवा–दिल्ली, भैरहवा–मलेसिया र भैरहवा–कतार उडान सुचारु गर्नुपर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित र चार्टर्ड उडानका लागि सरकारको ठोस पहल गर्नुपर्ने अन्य मागहरु रहेका छन् ।

लुम्बिनीको होटल तथा पर्यटन उद्योगमा ६० अर्बभन्दा बढीको लगानी सुरक्षित गर्ने वातावरण बनाउन पनि व्यवसायी समुदायले सरकारसँग माग गरेका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले व्यापार समुदायको मागप्रति आफू सकारात्मक रहेको बताउँदै भारत भ्रमणबाट फर्किएपछि निजी क्षेत्रसँगको परामर्शमा विमानस्थल सञ्चालनका लागि पहल गरिने सिद्धार्थ चेम्बर अफ कमर्शका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

Published Date: 06 May 2023
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो