ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित

ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित : Icon Khabar

काठमाडौं, बैशाख २३ । ब्राजिली युवा प्रतिभावान् फरवार्ड जोआओ पेड्रो इंग्लिस क्लब ब्राइटन होव अल्वियोनकाे कीर्तिमानी मुल्यमा अनुबन्धित हुने भएका छन् ।

ब्राइटनले क्लबको कीर्तिमानी मुल्य ३० मिलियन पाउन्डमा पेड्रोलाई च्याम्पियनसिप क्लब वाट्फोर्डबाट ५ वर्षको लागि अनुबन्ध गर्न राजी भएको हो । उनी सन् २०२८ को जुनसम्म ब्राइटनमा रहनेछन् ।

२१ वर्षीय पेड्रो सन् २०१९–२० को सिजनमा ब्राजिली क्लब फ्लुमिनेन्सबाट च्याम्पियनसिप क्लब वाट्फोर्डमा आबद्ध भएका थिए । त्यसबेला वाट्फोर्ड प्रिमियर लिगमै थियो । टोली त्यही सिजन रेलिगेसनमा तथा अर्काे सिजन पुनः प्रिमियर लिगमा बढुवा भएका थियो । वाट्फोर्ड पुनः रेलिगेसनमा परेको थियो ।

उनले वाट्फोर्डका लागि यो सिजन ११ सहित १०९ खेलमा २४ गोल गरेका छन् । ‘जोआओ हाम्रो दीर्घकालीन लक्ष्य हो । उनलाई युरोपका ठुला क्लबहरुले पनि चासो देखाएको थियो । तर, पेड्रो भित्र्याउन हामी सफल भएका छौं ।’ ब्राइटनका प्राविधिक निर्देशक डेभिड वेयरले भने, ‘उनी युवा प्रतिभा हो । उनले क्लबमा राम्रो गर्न सक्नेमा विश्वस्त छौं ।’

ब्राइटनले प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरलाई पनि अनुबन्ध गर्न नजिक पुगेको छ । यो सिजन सानदार प्रदर्शन गरिरहेको ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । टोली अर्काे सिजन युरोपेली क्लब फुटबल खेल्ने लक्ष्यमा छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)