ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित

ब्राजिली युवा फरवार्ड ब्राइटनमा अनुबन्धित : Icon Khabar

काठमाडौं, बैशाख २३ । ब्राजिली युवा प्रतिभावान् फरवार्ड जोआओ पेड्रो इंग्लिस क्लब ब्राइटन होव अल्वियोनकाे कीर्तिमानी मुल्यमा अनुबन्धित हुने भएका छन् ।

ब्राइटनले क्लबको कीर्तिमानी मुल्य ३० मिलियन पाउन्डमा पेड्रोलाई च्याम्पियनसिप क्लब वाट्फोर्डबाट ५ वर्षको लागि अनुबन्ध गर्न राजी भएको हो । उनी सन् २०२८ को जुनसम्म ब्राइटनमा रहनेछन् ।

२१ वर्षीय पेड्रो सन् २०१९–२० को सिजनमा ब्राजिली क्लब फ्लुमिनेन्सबाट च्याम्पियनसिप क्लब वाट्फोर्डमा आबद्ध भएका थिए । त्यसबेला वाट्फोर्ड प्रिमियर लिगमै थियो । टोली त्यही सिजन रेलिगेसनमा तथा अर्काे सिजन पुनः प्रिमियर लिगमा बढुवा भएका थियो । वाट्फोर्ड पुनः रेलिगेसनमा परेको थियो ।

उनले वाट्फोर्डका लागि यो सिजन ११ सहित १०९ खेलमा २४ गोल गरेका छन् । ‘जोआओ हाम्रो दीर्घकालीन लक्ष्य हो । उनलाई युरोपका ठुला क्लबहरुले पनि चासो देखाएको थियो । तर, पेड्रो भित्र्याउन हामी सफल भएका छौं ।’ ब्राइटनका प्राविधिक निर्देशक डेभिड वेयरले भने, ‘उनी युवा प्रतिभा हो । उनले क्लबमा राम्रो गर्न सक्नेमा विश्वस्त छौं ।’

ब्राइटनले प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरलाई पनि अनुबन्ध गर्न नजिक पुगेको छ । यो सिजन सानदार प्रदर्शन गरिरहेको ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । टोली अर्काे सिजन युरोपेली क्लब फुटबल खेल्ने लक्ष्यमा छ ।–एजेन्सी

Published Date: 06 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु