दोधारा–चाँदनी सुख्खा बन्दरगाह: भारतले नेपाली सीमासम्मको पहुँच सडक खोल्यो

दोधारा–चाँदनी सुख्खा बन्दरगाह: भारतले नेपाली सीमासम्मको पहुँच सडक खोल्यो : Icon Khabar

वेदकोट, वैशाख २३ । भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ सम्म सुख्खा बन्दरगाहको पहुँच सडकको ट्र्याक खोलेको छ ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहका लागि भारतीय भूमिमा रहेका करिब २ हजार रुख काटेर नेपाली सीमासम्मको पहुँच सडक ट्रयाक खोलिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले सीमावर्ती चक्करपुर बजारस्थित राष्ट्रिय राजमार्गबाट ​​नेपाल–भारत सीमासम्म पुग्ने सडकको ट्र्याक भारतीय पक्षले खोलेको जानकारी दिए ।

‘भारतीय पक्षले आफ्नो भूमिमा जङ्गल सफा गरेर पहुँच सडक ट्रयाक खोलेको छ’, उनले भने, ‘नेपाली सीमा भारततर्फ जाने सडकको ट्रयाक खोल्ने काम सकिएको छ ।

भारतको उत्तराखण्ड राज्यको चम्बावत जिल्लाको चकरपुर र नेपालको भूभाग गडीगोठबीच जोड्ने करिब चार किलोमिटर लम्बाईको चार लेनको पहुँच सडकको ट्रयाक खोलिएको छ ।

पहुँच सडक निर्माणका लागि ६ महिनाअघि दुई अर्ब रुपैयाँको ठेक्का दिइएको थियो । सम्झौतामा हस्ताक्षर भएको डेढ वर्षभित्र पहुँच सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ट्र्याक खुलेसँगै अबको काम पहुँच सडक कालोपत्र गर्ने हो । यो रुटले नेपाल र भारतबीचको व्यापार र यातायात सेवालाई जोड्नेछ ।

दोधारा चाँदनी नगरपालिका–१ मा सुख्खा बन्दरगाह निर्माणको तयारी भइरहेको छ । सुक्खा बन्दरगाह निर्माण विगत दुई दशकदेखि प्रचारप्रसारमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते निर्माण स्थलको निरीक्षण गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने गरी भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्तर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्न भारत सहमत भएको बताए ।

‘भारतको तर्फबाट संरचना विकास गर्ने समझदारी भइसकेको थियो । इआइएको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणका क्रममा सुख्खा बन्दरगाहको एओयूमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

आयोजना निर्माणका लागि मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब २८० बिघा जग्गा प्रयोग गरिनेछ ।

सुख्खा बन्दरगाहका लागि महाकाली नदीमा चार लेनको सिमेन्ट पुल निर्माण भएको छ । त्यसैगरी गड्डाचौकीदेखि दोधारा चाँदनी–१, मलेरिया नालासम्म आठ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिम भारतसँग व्यापारका लागि सिधै जोडिनेछ । साथै, यसले भारतको राजधानी नयाँ दिल्ली र औद्योगिक सहर रुद्रपुरमा सहज पहुँच पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने