राष्ट्रपति पौडेलले भारतमा गरेको आफ्नो उपचारको सम्पुर्ण खर्च आफैले व्यहोर्ने

राष्ट्रपति पौडेलले भारतमा गरेको आफ्नो उपचारको सम्पुर्ण खर्च आफैले व्यहोर्ने : Icon Khabar

काठमाडौं, वैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको सम्पुर्ण खर्च आफैले व्यहोर्ने बताएका छन्। राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले आज (मंगलबार) एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको उल्लेख हरेका हुन्।

छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका लागि गएका थिए ।

भारतको भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्केका हुन्।

Published Date: 02 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय