पृथ्वी राजमार्गमा १८ घण्टापछि एकतर्फी यातायात सञ्चालन

पृथ्वी राजमार्गमा १८ घण्टापछि एकतर्फी यातायात सञ्चालन : Icon Khabar

मलेखु, वैशाख १९ । पृथ्वी राजमार्गमा १८ घण्टापछि आज बिहान १० बजेदेखि एकतर्फी यातायात सञ्चालन भएको छ ।

धादिङ जिल्लाको धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेशखोला (खोलामा)को मोटरेबल पुल सोमबार साँझ खसेपछि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार ग्याबियन तार काटिएपछि एकतर्फी सवारी आवागमन सुरु भएको हो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले रातभरि यातायात सञ्चालनमा खटेका थिए ।

सवारी आवागमनमा अवरोध भएपछि धार्के र आसपासका क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।

जोगीमारा, मलेखु, घाटबेसी, आदमघाट बजारमा काठमाडौंतर्फ जाने सवारीसाधनलाई प्रहरीले रोकेको छ ।

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन अलपत्र परेकाले सवारी साधनलाई गन्तव्यमा पठाउन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

Published Date: 02 May 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग