पृथ्वी राजमार्गमा १८ घण्टापछि एकतर्फी यातायात सञ्चालन

पृथ्वी राजमार्गमा १८ घण्टापछि एकतर्फी यातायात सञ्चालन : Icon Khabar

मलेखु, वैशाख १९ । पृथ्वी राजमार्गमा १८ घण्टापछि आज बिहान १० बजेदेखि एकतर्फी यातायात सञ्चालन भएको छ ।

धादिङ जिल्लाको धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेशखोला (खोलामा)को मोटरेबल पुल सोमबार साँझ खसेपछि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार ग्याबियन तार काटिएपछि एकतर्फी सवारी आवागमन सुरु भएको हो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले रातभरि यातायात सञ्चालनमा खटेका थिए ।

सवारी आवागमनमा अवरोध भएपछि धार्के र आसपासका क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।

जोगीमारा, मलेखु, घाटबेसी, आदमघाट बजारमा काठमाडौंतर्फ जाने सवारीसाधनलाई प्रहरीले रोकेको छ ।

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन अलपत्र परेकाले सवारी साधनलाई गन्तव्यमा पठाउन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)