नुवाकोटको साततले दरबार र धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण छिट्टै सुरु हुन्छ: चिनियाँ राजदूत सोङ

नुवाकोटको साततले दरबार र धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण छिट्टै सुरु हुन्छ: चिनियाँ राजदूत सोङ : Icon Khabar

नुवाकोट, वैशाख १९ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारलगायत आसपासका धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण छिट्टै सुरु हुने बताएका छन्।

सोमबार स्थलगत भ्रमणका क्रममा चिनियाँ राजदूतले दरबारको पुनर्निर्माणको काम प्रारम्भ गर्ने तयारी भइरहेको बताउँदै निश्चित समयभित्रै दरबारको पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

चिनियाँ राजदूत सोङले सन् २०१५ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको साततले नुवाकोट दरबारसहित आठ धार्मिक, सांस्कृतिक र पुरातात्विक संरचनाको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारले पाएको बताए ।

उनले केही प्राविधिक पक्ष र द्विपक्षीय समझदारीका कारण मिति तय नभए पनि छिट्टै पुनर्निर्माणको काम सुरु हुने बताए ।

चीन सरकारका तर्फबाट चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले भैरवी मन्दिर परिसरमा रहेका नुवाकोट दरबार, तुलजा भवानी मन्दिर, गरडघर, रंगमहल, विष्णु मन्दिर, नारायण मन्दिर र लम्पती र सेतोपाटी दरबारलगायत सम्पदाको पुनर्निर्माण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 May 2023
Website | + posts