नुवाकोटको साततले दरबार र धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण छिट्टै सुरु हुन्छ: चिनियाँ राजदूत सोङ

नुवाकोटको साततले दरबार र धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण छिट्टै सुरु हुन्छ: चिनियाँ राजदूत सोङ : Icon Khabar

नुवाकोट, वैशाख १९ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारलगायत आसपासका धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण छिट्टै सुरु हुने बताएका छन्।

सोमबार स्थलगत भ्रमणका क्रममा चिनियाँ राजदूतले दरबारको पुनर्निर्माणको काम प्रारम्भ गर्ने तयारी भइरहेको बताउँदै निश्चित समयभित्रै दरबारको पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

चिनियाँ राजदूत सोङले सन् २०१५ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको साततले नुवाकोट दरबारसहित आठ धार्मिक, सांस्कृतिक र पुरातात्विक संरचनाको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारले पाएको बताए ।

उनले केही प्राविधिक पक्ष र द्विपक्षीय समझदारीका कारण मिति तय नभए पनि छिट्टै पुनर्निर्माणको काम सुरु हुने बताए ।

चीन सरकारका तर्फबाट चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले भैरवी मन्दिर परिसरमा रहेका नुवाकोट दरबार, तुलजा भवानी मन्दिर, गरडघर, रंगमहल, विष्णु मन्दिर, नारायण मन्दिर र लम्पती र सेतोपाटी दरबारलगायत सम्पदाको पुनर्निर्माण गर्ने भएको छ ।

Published Date: 02 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा