नेपाल च्याम्पियन बन्दै एसिया कपमा

नेपाल च्याम्पियन बन्दै एसिया कपमा : Icon Khabar

काठमाडौं, बैशाख १९ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे ।

गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए ।

Published Date: 02 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग