भक्तपुरमा ‘स्वर्गीय त्रि-रत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता–२०८०’ आयोजना हुने

भक्तपुरमा ‘स्वर्गीय त्रि-रत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता–२०८०’ आयोजना हुने : Icon Khabar

भक्तपुर, वैशाख १७ । भक्तपुर युवा टीम गोल्मढी भक्तपर वडा नं. ७ को आयोजनामा टीमका सदस्य तथा बुद्धिचाल खेलाडी स्व. त्रि–रत्न ग्वाछाको स्मृतिमा ‘स्वर्गीय त्रि–रत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता–२०८०’ हुने भएको छ ।

टीमको यहि वैशाख १६ गते शनिबार बसेको बैठकले प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरमा गर्ने निर्णय गरेको हो । स्व. त्रि–रत्न ग्वाछाको हालै अल्पआयुमा अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी पनि थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको टीमका अध्यक्ष केशव त्वानाबासुले जानकारी गराएका छन् । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र छैठौंदेखि दशौंलाई पाँंच हजारको दरले नगद पुरस्कारको व्यवस्था रहेको छ । त्यस्तै विभिन्न विधाहरूअन्तर्गत भक्तपुर प्रथमलाई नगद रू.४ हजार, भक्तपुर दोस्रोलाई नगद रू.२ हजार, उत्कृष्ट भेट्रान्स प्रथम र द्वितीयलाई क्रमशः नगद रू. ४ हजार र २ हजार, उत्कृष्ट १२ वर्ष मुनि र १६ वर्ष मुनिका जुनियर खेलाडीलाई ३–३ हजार, उत्कृष्ट दुई महिला खेलाडीलाई क्रमशः ४ हजार र २ हजारका दरले र उत्कृष्ट २ अनरेटेड खेलाडीलाई पनि क्रमशः ४ हजार र २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Published Date: 30 April 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक