भक्तपुरमा ‘स्वर्गीय त्रि-रत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता–२०८०’ आयोजना हुने

भक्तपुरमा ‘स्वर्गीय त्रि-रत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता–२०८०’ आयोजना हुने : Icon Khabar

भक्तपुर, वैशाख १७ । भक्तपुर युवा टीम गोल्मढी भक्तपर वडा नं. ७ को आयोजनामा टीमका सदस्य तथा बुद्धिचाल खेलाडी स्व. त्रि–रत्न ग्वाछाको स्मृतिमा ‘स्वर्गीय त्रि–रत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता–२०८०’ हुने भएको छ ।

टीमको यहि वैशाख १६ गते शनिबार बसेको बैठकले प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरमा गर्ने निर्णय गरेको हो । स्व. त्रि–रत्न ग्वाछाको हालै अल्पआयुमा अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी पनि थिए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको टीमका अध्यक्ष केशव त्वानाबासुले जानकारी गराएका छन् । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र छैठौंदेखि दशौंलाई पाँंच हजारको दरले नगद पुरस्कारको व्यवस्था रहेको छ । त्यस्तै विभिन्न विधाहरूअन्तर्गत भक्तपुर प्रथमलाई नगद रू.४ हजार, भक्तपुर दोस्रोलाई नगद रू.२ हजार, उत्कृष्ट भेट्रान्स प्रथम र द्वितीयलाई क्रमशः नगद रू. ४ हजार र २ हजार, उत्कृष्ट १२ वर्ष मुनि र १६ वर्ष मुनिका जुनियर खेलाडीलाई ३–३ हजार, उत्कृष्ट दुई महिला खेलाडीलाई क्रमशः ४ हजार र २ हजारका दरले र उत्कृष्ट २ अनरेटेड खेलाडीलाई पनि क्रमशः ४ हजार र २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Published Date: 30 April 2023






ताजा
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता